सुर्खेतकी इनिसाको सामुहिक बलात्कार पछि हत्यामा संलग्नमाथि कडा कारबाही गर्न माग गर्दै काठमाडौंमा प्रदर्शन | ईमाउण्टेन समाचार

Our Network

फागुन २८ २०८२, शुक्रबार

सुर्खेतकी इनिसाको सामुहिक बलात्कार पछि हत्यामा संलग्नमाथि कडा कारबाही गर्न माग गर्दै काठमाडौंमा प्रदर्शन

काठमाडाैं । सुर्खेत वीरेन्द्रनगरकी १६ वर्षीया इनिसा विकको सामुहिक बलात्कार पछि हत्यामा संलग्नमाथि कडा कारबाही गर्न माग गर्दै काठमाडौंमा प्रदर्शन गरिएको छ ।  शुक्रवार काठमाडौंको माईतीघर मण्डलामा भेला भई उनीहरुले सो जघन्य  अपराधको घटनामा संलग्नमाथि कडा कारबाही गर्न र आगामी दिनमा त्यस्तो घटना हुन नदिनका लागि सरकारलाई दबाब दिएका हुुन् ।

आवश्यक परे कानूनमा संशोधन गरेर भएपनि हत्या, बलात्कारजस्ता जघन्य अपराधका घटना फेरि पनि हुन नपाओस् भनेर सरकारलाई दवाव दिन आफूहरुले सरकारसँग खबरदारी गर्नुपरेको सामाजिक अभियन्ता कविता चन्द सोडारीले बताउनुभयो । उहाँले यस्ता जघन्य अपराधका घटनामा जिम्मेवार निकाय आफैले संरक्षण गर्ने गरेको आफूहरुलाई आशंका लागेको भन्दै आक्रोश समेत व्यक्त गर्नुभयो ।

प्रदर्शनमा उत्रिएकाहरुले इनिसालाई न्याय देउ, बालिकामाथि हुने बलात्कार, हिंसा, हत्या बन्द गरलगायत लेखिएको प्लेटकार्ड समेत प्रदर्शन गरेका थिए । उनीहरुले सरकारले महिलामाथि हुने सबै प्रकारको हिंसा अन्त्यका लागि कडा कानूनी व्यवस्था गर्न आवश्यक रहेको धारणा समेत राखेका थिए ।

Leave a Reply