नेमकिपाकाे गढ भक्तपुर–१ मा रास्वपाको उदय, प्रेम सुवाल पराजित | ईमाउण्टेन समाचार

Our Network

फागुन २२ २०८२, शनिबार

नेमकिपाकाे गढ भक्तपुर–१ मा रास्वपाको उदय, प्रेम सुवाल पराजित

काठमाडाैं । भक्तपुर क्षेत्र नम्बर १ मा नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवाललाई पाँच हजार २८९ मतले पछाडि पारी रास्वपाका रुकेश रन्जित विजयी हुनुभएको छ ।

भर्खरै सम्पन्न मतगणनामा रन्जितले ३३ हजार ४३६ मतले विजयी हुनुभएको मुख्य निर्वाचन अधिकृत नवराज दाहालले जानकारी दिनुभयो ।

उहाँका प्रतिस्पर्धी नेमकिपाका सचिव सुवालले २८ हजार १४७ मत प्राप्त गर्नुभयो । त्यसैगरी नेपाली कांग्रेसको किरण न्यौपाने चार हजार २८२ मत र एमालेका सोम मिश्रले तीन हजार ७२१ मत पाउनुभएको छ ।

Leave a Reply