'एमालेकाे घोषणापत्रमा ‘देश बनाउने’ संकल्प छ' | ईमाउण्टेन समाचार

Our Network

फागुन ७ २०८२, शुक्रबार

‘एमालेकाे घोषणापत्रमा ‘देश बनाउने’ संकल्प छ’

काठमाडाैं । एमाले नेता एवं पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले एमालेको चुनावी घोषणापत्र विगतको भन्दा भिन्न र कार्यान्वयन योग्य रहेको दाबी गर्नुभएको छ ।  ठूला वाचा गर्ने तर पूरा नहुने स्थिति अन्त्य गर्न यसपटक लागत र स्रोतको समेत आँकलन गरिएको उहाँको भनाइ छ ।

डा. खतिवडाकाअनुसार यसपटकको घोषणापत्रमा ‘देश पहिला, राष्ट्र पहिलो’ भन्ने मूल मन्त्र राखिएको छ । उहाँले लोकतन्त्र कालमा भएका उपलब्धि र कमी–कमजोरीलाई वस्तुनिष्ठ ढंगले प्रश्तुत गरिएको बताउनु भयो । घोषणा गरिएका ११ बुँदे कार्यक्रमहरूका लागि राज्यलाई राजश्वको करिव २ प्रतिशत मात्र दायित्व पर्ने डा. खतिवडाको दाबी छ ।

उहाँले यसले देशको ऋणभार नबढाउने बरु न्यायिक पुनर्वितरण गर्ने स्पष्ट पार्नुभयो । सरकारले आफैँ उद्योग नचलाउने तर रणनीतिक क्षेत्रमा मात्र हात हाल्ने उहाँको धारणा छ । निजी क्षेत्रलाई प्रतिष्पर्धी बनाएर काम र रोजगारी सिर्जना गर्ने वातावरण बनाइनेछ ।

नेपालको भूमिलाई कुनै छिमेकी विरुद्ध प्रयोग हुन नदिने प्रतिवद्धता जनाउँदै उहाँले अरुले पनि नेपालको आन्तरिक मामिलामा अस्थिरता ननिम्त्याउन् भन्ने एमालेको चाहना रहेको बताउनु भयो । उहाँले नेपाललाई प्रविधि र लगानी आवश्यक रहेकाले सबैसँग मित्रवत सम्बन्ध राख्ने तर कसैको षड्यन्त्रको शिकार नबन्ने बताउनुभयो ।

Leave a Reply