जापानकाे औपचारिक भ्रमण पूरा गरी राष्ट्रपनि पाैडेल स्वदेश फिर्ता | ईमाउण्टेन समाचार

Our Network

माघ २६ २०८२, सोमबार

जापानकाे औपचारिक भ्रमण पूरा गरी राष्ट्रपनि पाैडेल स्वदेश फिर्ता

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल जापानको औपचारिक भ्रमण सम्पन्न गरी स्वदेश फर्किएका छन्। बुधबार टोकियोस्थित नारिता अन्तर्राष्ट्रिय विमानस्थलबाट राष्ट्रपति पौडेल स्वदेश प्रस्थान गरेका पाैडेल साँझ काठमाडाैं आइपुग्नुभएकाे हाे ।

जापान सरकारको निमन्त्रणामा राष्ट्रपति पौडेल नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आइतबार राति नेपालबाट जापान गएका थिए। उनको टोली सोमबार टोकियो पुगेको थियो। नेपाल–जापान कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वर्षगाँठका अवसरमा आयोजित विशेष समारोहमा सहभागी हुन राष्ट्रपति पौडेल जापान भ्रमणमा गएका थिए।

भ्रमणका क्रममा राष्ट्रपति पौडेलले टोकियोमा आयोजित नेपाल–जापान कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सव विशेष स्वागत समारोहलाई सम्बोधन गरेका थिए। सोही क्रममा उनले टोकियोस्थित इम्पेरियल प्यालेसमा जापानका सम्राट नारुहितोसँग राजकीय शिष्टाचार भेट गरेका थिए।

त्यसैगरी राष्ट्रपति पौडेलले जापानका प्रधानमन्त्री ताकाइची सानाए तथा जापानका विदेश राज्यमन्त्री होरिइ इवाओसँग पनि छुट्टाछुट्टै शिष्टाचार भेटवार्ता गरेका थिए। भ्रमणका क्रममा उनले जापानी व्यापारिक समुदाय तथा जापानमा रहेका नेपाली समुदायलाई सम्बोधन गरेका थिए।

नेपाल र जापानबीच १ सेप्टेम्बर १९५६ मा कूटनीतिक सम्बन्ध स्थापना भएको हो। सम्बन्ध स्थापनापछि नेपालले सन् १९६५ मा टोकियोमा आफ्नो दूतावास स्थापना गरेको थियो भने जापानले सन् १९६७ मा काठमाडौंमा दूतावास स्थापना गरेको थियो।

Leave a Reply