काठमाडाैं । पूर्वमुख्यसचिव एकनारायण अर्यालले प्रतिनिधिसभा पुनःस्थापना सम्बन्धी मुद्दा चाँडो फैसला गर्न सर्वोच्च अदालतको ध्यानाकर्षण गराउनुभएको छ ।
तोकिएको मितिमा निर्वाचन हुने कुरामा त्यसले पनि आशंका बढाएकाले सर्वोच्चले सो सम्बन्धी मुद्दा छिटो किनारा लगाउनुपर्ने उहाँको तर्क थियो । नेपाल कानून समाजले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै पूर्वमुख्यसचिव अर्यालले राज्यका अंगहरुले आफ्नो जिम्मेवारी समयमा पूरा नगर्दा पनि मुलुकमा विभिन्न खालको समस्याहरु आउने गरेको तथ्य पनि स्मरण गराउनुभयो ।
पूर्वमुख्यसचिव अर्यालले निर्वाचनको मिति सार्ने नभई तोकिएको मितिमा नै सबै क्षेत्रको निर्वाचन गराउनुपर्नेमा जोड दिनुभयो ।





