काठमाडौं महानगरका ७० वर्षमाथिका ज्येष्ठ नागरिकलाई घरमै आधारभुत स्वास्थ्य सेवा | ईमाउण्टेन समाचार

Our Network

भदौ १० २०८३, बिहीबार

काठमाडौं महानगरका ७० वर्षमाथिका ज्येष्ठ नागरिकलाई घरमै आधारभुत स्वास्थ्य सेवा

काठमाडाैं । काठमाडौं महानगरपालिकाले आईतवारदेखि ७० वर्षमाथिका जेष्ठ नागरिकहरुको लागि घरमै पुगेर आधारभूत स्वास्थ्य सेवा तथा परीक्षण शुरु गरेको छ । काठमाडाैंमा भएकाे एक कार्यक्रममा महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले उक्त कार्यक्रमको शुभारम्भ गर्नुभएको हो ।

कार्यक्रममा ज्येष्ठ नागरिकको प्रेसर जाँच, सेवन गरिरहेका औषधिको विवरण तथा मेडिकल हिस्ट्री संकलन गरी आवश्यक आधारभुत स्वास्थ्य सेवा प्रदान गरिने कार्यवाहक प्रमुख डंगोलले बताउनुभयो । उहाँका अनुसार स्वास्थ्य प्रवद्र्धन केन्द्रसम्म जानसक्ने ज्येष्ठ नागरिकलाई केन्द्रमै सेवा प्रदान गर्ने तथा जान नसक्ने अवस्थामा रहेका ज्येष्ठ नागरिकलाई घरमै पुगेर आधारभुत स्वास्थ्य सेवा प्रदान गरिनेछ । यस कार्यक्रमले अगामी वर्षको नीति तथा कार्यक्रम प्रमाणमा आधारित बनाउन सहयोग पुग्ने डंगोलको विश्वास छ ।

उहाँले शारीरिक अशक्तता भएका कारण, दीर्घ रोगका कारण हिँडडुल गर्न नसक्ने तथा स्वास्थ्य उपचारका लागि नियमित स्वास्थ्य संस्थामा जान नसक्ने ज्येष्ठ नागरिकको स्वास्थ्य जाँच गर्न तथा उपचार गर्न घरमै स्वास्थ्यकर्मी पठाउने र  आधारभुत स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यसहित सर्वेक्षणको काम काम समेत प्रारम्भ भएको बताउनुभयो ।

Leave a Reply

ताजा समाचार