प्रदेश २ मा नियमावली मस्यौदा समिति गठन | ईमाउण्टेन समाचार

Our Network

कार्तिक ६ २०८१, मंगलबार

प्रदेश २ मा नियमावली मस्यौदा समिति गठन

काठमाडौं, २९ माघ । प्रदेश नम्बर २ प्रदेशसभाले नियमावली मस्यौदा समिति गठन गरेको छ । सोमबार बसेको प्रदेशसभा बैठकले ११ सदस्यीय नियमावली मस्यौदा समिति गठन गरेको हो ।

समितिमा रामअषिश यादव, संजयकुमार यादव, सरोजकुमार सिंह, रामनरेश राय, डिम्बलकुमारी झा, रमेशकुमार कुर्मी, सुन्दरबहादुर विश्वकर्मा, उपेन्द्रकुमार कुशवाहा, दिलिपकुमार साह, सावित्रीदेवी साह र शेख अवुकलाम आजद रहेका छन्।

प्रदेश सभाको सोमबारको कार्य सुचिमा उपसभामुखको निर्वाचनको मिति तोक्ने तय भएपनि बैठकको अध्यक्षता गरेका जेष्ठ सदस्य लगनलाल चौधरीले त्यसलाई कार्यसूचिबाट हटाएका थिए।

त्यसैगरि जेष्ठ सदस्य चौधरीले मर्यादा पालकलाई १५ दिन भित्र सफारी सुट र महिलाको हकमा साडी लगाउन रुलिङ गरेका छन् ।

जनयुद्धको क्रममा मारिएका शहिदहरुको तस्वीर समेत सभा कक्षमा राख्न जेष्ठ सदस्य चौधरीले पुनः रुलिङ गरेका थिए । प्रदेश नम्बर २ प्रदेशसभाको अर्को बैठक बुधबार बोलाइएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);