लोकतान्त्रिक विकासको नयाँ अध्याय शुरु गर्दैछौँ : महामन्त्री पौडेल | ईमाउण्टेन समाचार

Our Network

फागुन २९ २०८२, शनिबार

लोकतान्त्रिक विकासको नयाँ अध्याय शुरु गर्दैछौँ : महामन्त्री पौडेल

काठमाडाैं । नेपाली काँग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीको केन्द्रिय कार्यसमिति बैठकले निर्वाचन केन्द्रित केही ठोस र ऐतिहासिक निर्णय गर्ने बताउनुभएको छ । पार्टी कार्यालय सानेपामा सञ्चारकर्मीहरुसँग कुराकानी गर्ने क्रममा उहाँले शुक्रवार बस्न लागेको बैठकले गर्ने निर्णयले देशभर नयाँ राजनीतिक तरङ्ग सिर्जना गर्ने दाबी गर्नुभयो ।

उहाँले बैठकले प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्ने ऐतिहासिक निर्णय गर्न लागिएको जानकारी दिनुभयो । काँग्रेसले पार्टी सभापति गगनकुमार थापालाई प्रधानमन्त्रीको उम्मेद्वार बनाएर निर्वाचनमा होमिने तयारी गरेको छ । सोही प्रश्ताव पार्टीको केन्द्रिय समितिमा लैजाने र बैठकले निर्णय गर्ने महामन्त्री पौडेलले जानकारी दिनुभयो ।

महामन्त्री पौडेलले यसलाई लोकतान्त्रिक अभ्यासको विकासको नयाँ अध्याय भएको बताउनुभयो । काँग्रेसले नागरिकलाई देशको प्रधानमन्त्री को बनाउने भन्ने छनोट गर्ने अवसर विधिवत रूपमा प्रदान गर्न लागेको उहाँको दाबी छ । संसदीय निर्वाचनमा पार्टीका उम्मेदवारले प्रधानमन्त्री को बन्ने भन्ने स्पष्ट आधारसहित मत माग्ने व्यवस्था स्थापित गर्न काँग्रेसले यो अभ्यास शुरु गर्न लागेको उहाँको भनाई छ । अब मतदाताले उम्मेदवार जितेपछि को प्रधानमन्त्री हुन्छ भन्नेकुरा पहिले नै थाहा पाउने उहाँले बताउनुभयो । नागरिकले प्रधानमन्त्री चयन प्रक्रियामा प्रत्यक्ष भुमिका खेल्न पाउने प्रणाली विकास गर्ने लक्ष्य काँग्रेसले लिएको उहाँले बताउनुभयो ।

महामन्त्री पौडेलले बैठकले निर्वाचनमा कांग्रेसप्रति मत आकर्षित गर्न महत्वपूर्ण निर्णयहरु गर्ने पनि जानकारी दिनुभयो । कांग्रेसले विशेष महाधिवेशनमार्फत पार्टीको नेतृत्व र नीति दुवै परिवर्तन गरेकोले अब देशको नेतृत्व पनि परिवर्तन गर्ने दाबी गर्नुभयो ।

अब काँग्रेसले देशको नेतृत्व परिवर्तनका लागि नयाँ प्रस्ताव ल्याउन लागेको उहाँले जानकारी दिनुभयो । उहाँले सबै नेपालीको भावना प्रतिनिधित्व गर्नको लागी काँग्रेसले सभापति गगन थापालाई मधेसबाट उम्मेद्वार बनाएको पनि बताउनुभयो ।

Leave a Reply