काठमाडौं, २९ माघ । नुवाकोटमा दमकल सेवा अवरुद्ध भएको छ । विदुर नगरपालिकामा रहेको दमकल बिग्रिएपछि नुवाकोटमा दमकल सेवा अवरुद्ध भएको हो । नगरपालिकाका प्रमुख सञ्जु पण्डितले दमकलबाट पानी चुहिएर काम गर्न छाडेपछि मर्मत गर्न लागिएको जानकारी दिइन ।
मर्मतका लागि खर्च १० लाख लाग्ने भएकाले मर्मतमा ढिलाई भएको नगरपालिकाको भनाई छ ।२०५६ सालमा चीनबाट अनुदानमा ल्याइएको दमकल बिग्रिएपछि आगलागी भएमा धनजनको धेरै क्षति हुने भन्दै स्थानीय चिन्तित भएका छन् ।