वीरगञ्ज महानगरका मेयरसहित दुई पूर्वमन्त्री एमालेमा प्रवेश | ईमाउण्टेन समाचार

Our Network

फागुन २२ २०८२, शनिबार

वीरगञ्ज महानगरका मेयरसहित दुई पूर्वमन्त्री एमालेमा प्रवेश

काठमाडौं । वीरगन्ज महानगरपालिकाका प्रमुख (मेयर) राजेशमान सिंह, पूर्वमन्त्रीहरु प्रदीप यादव र इस्तिहाक राईसहित ठुलो सङ्ख्यामा जसपाका नेताहरू नेकपा (एमाले) मा प्रवेश गर्नु भएको छ ।

गए राति नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा उहाँहरूलाई पार्टी प्रवेश गराइएको सचिव महेश बस्नेतकाे भनाइ छ ।  यादव नेता इस्तिहाक राई लगायतका नेताहरूलाई अध्यक्ष ओलीले खादा लगाएर एमालेमा प्रवेश गराउनु भएको हो । यादव र राई अशोक राई नेतृत्वको जसपाका उपमहासचिव हुनुहुन्थ्यो ।

यसैगरी, वीरगन्ज महानगरपालिकाका ७ जना वडाध्यक्ष पनि प्रमुख सिंहसँगै एमालेमा प्रवेश गर्नु भएको छ । प्रमुख सिंह एमालेमा प्रवेश गरेपछि आज ठुलो सङ्ख्या जसपा लगायत अन्य पार्टीमा रहेका वडाध्यक्षहरू वीरगन्जमा आयोजना हुने कार्यक्रममा एमालेमा प्रवेश गर्ने तयारी रहेको हजाराले बताउनुभयो । यसैगरी अन्य निकायमा निर्वाचित भएका केही पदाधिकारी पनि आज पार्टी प्रवेश गर्ने कार्यक्रम रहेको पर्सा जिल्ला सचिव महेश दासले जानकारी दिनुभयो ।

उपेन्द्र यादव नेतृत्वका जसपा नेपालसँग पार्टी एकीकरण भएको दुई हप्तामा नै शीर्ष तहका नेताहरूले सो पार्टी त्यागेर एमाले प्रवेश गरेका छन् । हजाराका अनुसार यादवलाई एमालेले पर्सा १ मा उम्मेद्वार बनाउने भएको छ । यस्तै, राईलाई बाँके २ मा एमालेले उम्मेद्वार बनाउने भएको छ।

Leave a Reply