निर्वाचनमा काँग्रेस–एमालेसँग मिल्ने कुरा जनताले मन पराएका छैनन् : अग्नि सापकोटा | ईमाउण्टेन समाचार

Our Network

माघ २७ २०८२, मंगलबार

निर्वाचनमा काँग्रेस–एमालेसँग मिल्ने कुरा जनताले मन पराएका छैनन् : अग्नि सापकोटा

काठमाडाैं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का नेता अग्निप्रसाद सापकोटाले राष्ट्रिय सभा सदस्य निर्वाचनमा कांग्रेस र एमालेसँग सहकार्य गर्ने विषय पार्टीपंक्ति र आम जनताले रुचाएको नदेखिएको बताउनुभएको छ । नेता सापकोटाले राजनीतिक दलहरूबीच सहकार्य हुनु स्वाभाविक भएपनि आम नागरिकले सकारात्मक रुपमा नलिएको बताउनुभएको हो ।

उहाँले राष्ट्रिय सभा सदस्य निर्वाचनमा मतभारको आधारमा सिट बाँडफाँड हुनुपर्ने प्रश्ताव पार्टीले अघि सारेको भएपनि काँग्रेस–एमाले त्यसका लागि तयार नभएको पनि बताउनु भयो । उहाँले आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा नेकपा कुनैपनि दलसँग सहकार्य नगर्ने पनि स्पष्ट पार्नुभयो । उहाँले राष्ट्रिय सभा निर्वाचन आम निर्वाचनजस्तो नभएको कारण एउटा समझदारी गर्ने भनिएपनि प्रतिनिधि सभा सदस्य निर्वाचनमा नेकपा स्वतन्त्र ढंगले जनतामाझ जाने बताउनु भयो । पार्टीलाई एक्लै चुनाव लड्न आम जनताबाट समेत सुझाव उहाँको भनाइ छ ।

विगतमा अन्य राजनीतिक दलहरुसँग गठबन्धन गर्न आफूहरुको पहचिान स्थापित हुन नसकेको उहाँको स्वीकारोक्ति छ । उहाँले मुलुकको सबैभन्दा अग्रगामी र जेनजी पुस्ताले उठाएका एजेण्डाहरु समेत नेकपाले उठाउँदै आएको समेत जिकिर गर्नुभयो । उहाँले भर्खरै एकतामा गएका काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह र रास्वपामा विचार र दृष्टिकोणको खडेरी रहेको टिप्पणी पनि गर्नुभयो । राजनीतिक दलहरुमा विचार र दृष्टिकोणको रिक्तता भएकै कारण पछिल्ला मुलुक यो संकटको अवस्थामा पुगेको पनि उहाँको जिकिर छ । सापकोटाले महाधिवेशनको विषयलाई लिएर नेपाली काँग्रेसभित्र देखिएको आन्तरिक विवादले नेकपा र राष्ट्रिय राजनीतिमा तात्विक असर नपार्ने बताउनु भयो । यद्यपि पार्टी विभाजन हुनुभन्दा एकतावद्ध हुनु पार्टीका लागि लागि हितकर हुने भन्दै विभाजिततर्फ नजान आग्रह गर्नुभयो ।

नेता सापकोटाले सर्वोच्च अदालतले विचाराधिन संसद विघटनसम्बन्धी मुद्दालाई छिटो टुंगोमा पुर्याउनुपर्नेमा जोड दिनुभयो । यद्यपि निर्वाचनले मात्रै अहिलेको राजनीतिक संकलाई निकाश दिनसक्ने उहाँको भनाइ छ ।

Leave a Reply