ताेकिएकै समयमा निर्वाचन हुने वातावरण बनेकाे प्रधानमन्त्रीकाे दाबी | ईमाउण्टेन समाचार

Our Network

चैत ११ २०८२, बिहीबार

ताेकिएकै समयमा निर्वाचन हुने वातावरण बनेकाे प्रधानमन्त्रीकाे दाबी

काठमाडाैं । प्रधानमन्त्री सुशीला कार्कीले तोकिएकै मितिमा निर्वाचन हुने दाबी गर्नुभएकाे छ । राजनीतिक दल र युवा पुस्ताबीचको निरन्तर सम्वादले मुलुक तोकिएकै मितिमा निर्वाचन हुने अवस्था पुगेको उहाँले दाबी गर्नुभएकाे हाे।

नेपाल उद्योग वाणिज्य महासंघले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री कार्कीले निर्वाचन सम्पन्न हुने अवस्थामा मुलुकलाई पुर्याउन योगदान दिएको भन्दै राजनीतिक दल, निर्वाचन आयोगलगायतप्रति आभार समेत व्यक्त गर्नुभयो।

प्रधानमन्त्री कार्कीले जनताका निराशालाई सम्बोधन गर्न नसक्दा मुलुक विभिन्न संकटको चपेटामा फस्ने गरेको उल्लेख गर्दै त्यसलाई चिरेर अघि बढ्नुपर्ने बताउनुभयो ।

Leave a Reply