काठमाडाैं । नेकपा एमालेले चर्चामा रहेका सबै भ्रष्टाचार प्रकरणको अनुसन्धान शुरु गर्न आग्रह गरेको छ । बिहीबार सम्पन्न ११ औं राष्ट्रिय महाधिवेशनले चर्चामा रहेका सबै भ्रष्टाचार प्रकरणको अनुसन्धान शुरु गर्न आह्वान गर्ने प्रश्ताव पारित गरेको हो ।
प्रस्तावहरुबारे जानकारी गराउँदै केन्द्रिय सदस्य प्रदीप ज्ञवालीले महाधिवेशनले विगतमा राज्यका उच्च राजनीतिक, प्रशासनिक ओहोदामा रहेका व्यक्तिहरुको सम्पती छानविन गर्न माग गर्नुभयो । दोषी देखिएकाहरुलाई कानून बमोजिम कारबाही गर्न आग्रह गर्दै राज्यका अख्तियार प्राप्त निकायले यस विषयमा आवश्यक निर्णय गर्न पनि आग्रह गर्नुभयो ।
उहाँले एमाले हमेसा सुशासन, पारदर्शिता र स्वच्छताका पक्षमा उभिँदै आएको भन्दै प्रश्न उठ्नासाथ सार्वजनिक ओहोदाबाट राजीनामा दिएर राज्यका अख्तियारप्राप्त निकायलाई सहयोग गर्ने र अभियोजन हुनासाथ कानूनबाट सफाई नपाउँदासम्म पार्टी जिम्मेवारीबाट मुक्त गर्ने हाम्रो परम्परा रहँदै आएको बताउनुभयो ।





