एआईका कारण समाचारको मूल्य र मान्यता मर्याे : सचिव अर्याल | ईमाउण्टेन समाचार

Our Network

चैत ३ २०८२, बुधवार

एआईका कारण समाचारको मूल्य र मान्यता मर्याे : सचिव अर्याल

काठमाडाैं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राधिका अर्यालले एआईले गर्दा समाचारको मूल्य र मान्यता मरेको बताउनुभएको छ । नेपाल आर्थिक पत्रकार संघ (नाफिज)को १६ औँ वार्षिक साधारण सभामा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

समग्र पत्रकारिता नै गम्भीर मोडमा रहेको उहाँको भनाइ छ । एआईले पत्रकारिता कहाँ पुर्याउने हो भन्ने अनिश्चितता बढाएको बताउनुभयो । एआईले गर्दा समाचारको कन्टेनको मूल्य र मान्यता मरेको उहाँको भनाइ छ । पत्रकारिता क्षेत्रलाई भरपर्दो र विश्वासिलो बनाउन आवश्यक रहेकाले पत्रकारहरूलाई यसमा ध्यान दिन आग्रह गर्नुभयो ।

पत्रकारिताको सकारात्मक कदममा सरकार सधैँ साथमा रहेको उल्लेख गर्नुहुँदै सचिव अर्यालले सकारात्मक कदमका लागि सरकारले सधैँ सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो ।

Leave a Reply