प्रतिनिधि सभा पुनःस्थापना अपरिहार्य : शंकर पोखरेल | ईमाउण्टेन समाचार

Our Network

माघ २६ २०८२, सोमबार

प्रतिनिधि सभा पुनःस्थापना अपरिहार्य : शंकर पोखरेल

काठमाडाैं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले विघटित प्रतिनिधिसभा पुनःस्थापना हुनु अपरिहार्य रहेको बताउनुभएको छ । मंगलबार पार्टी मुख्यालय च्यासलमा पार्टीका विघटित प्रतिनिधि सभाका सांसदहरुको बैठकमा बोल्दै उहाँले पार्टीको सो अडान राख्नुभएको हो ।

महासचिव पोखरेलले सर्वोच्च अदालतको पटक पटक फैसला र असंवैधानिक ढंगले बन्नुभएकी प्रधानमन्त्री सुशीला कार्कीले प्रतिनिधि सभा विघटनको सिफारिस गरेकाले पनि संविधान र लोकतन्त्रलाई सही बाटोमा ल्याउन पनि प्रतिनिधि सभा पुनस्थापना गर्नुपर्ने पार्टीको मान्यता रहेको समेत स्पष्ट पार्नुभयो ।

महासचिव पोखरेलले वर्तमान सरकारलाई संविधानले नचिन्ने भएकाले उसले गराएको निर्वाचनमा सहभागी हुन नमिल्ने जिकिर समेत गर्नुभयो ।

Leave a Reply