दुई वर्षको युद्धपछि गाजामा बालबालिकाका लागि खोप अभियान शुरु | ईमाउण्टेन समाचार

Our Network

चैत १८ २०८२, बिहीबार

दुई वर्षको युद्धपछि गाजामा बालबालिकाका लागि खोप अभियान शुरु

गाजा पट्टीका स्वास्थ्य अधिकारीहरूले तीन वर्ष मुनिका बालबालिकालाई लक्षित गरी खोप अभियान शुरु गरेका छन् । जसको उद्देश्य युद्धका कारण दुई वर्षदेखि खोप सेवा अवरुद्ध भएपछि संक्रामक रोगहरूको प्रकोप रोक्नु हो । गाजाका स्वास्थ्य अधिकारीहरूले संयुक्त राष्ट्र बाल कोष र विश्व स्वास्थ्य संगठनको सहयोगमा संयुक्त राष्ट्र संघको राहत तथा कार्य एजेन्सी फर प्यालेस्टाइन शरणार्थी र प्यालेस्टिनी रेड क्रिसेन्ट सोसाइटीसँगको समन्वयमा पट्टीभरिका १ सय ५० स्वास्थ्य केन्द्रहरूमा अभियान सञ्चालन भइरहेको बताएका छन् । अधिकारीहरूले यो अभियान १० दिनसम्म चल्ने र अक्टोबर २०२३ मा युद्ध शुरु भएदेखि नियमित खोपहरू छुटेका बालबालिकाहरूसम्म पुग्न तीन चरणमा लागू गरिने बताएका छन् ।

प्रत्येक चरणमा एक महिना छुट्याइएको छ । गाजा शहरको अल–सराया फिल्ड अस्पतालका मेडिकल निर्देशक सलीम अल–किर्मकाअनुसार गाजाका लगभग ४५ हजार बालबालिकाले विगत दुई वर्षमा आवश्यक खोपहरू पाएका छैनन् । खोपले बालबालिकाहरूलाई स्वास्थ्य प्रणालीमा पतन वा अवरोध ल्याउने सबै रोगहरूबाट जोगाउँछ । विशेष गरी पोलियो, डिप्थेरिया र अन्य रोकथाम गर्न सकिने रोगहरू रोक्छ । यी खोपहरू लामो समयदेखि उपलब्ध छैनन् ।

Leave a Reply