संसद विघटन असंवैधानक भएकाले पुनर्स्थापनाकाे माग गर्नुपर्याे : अध्यक्ष ओलीले | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८२, सोमबार

संसद विघटन असंवैधानक भएकाले पुनर्स्थापनाकाे माग गर्नुपर्याे : अध्यक्ष ओलीले

काठमाडाैं । नेकपा (एमाले) का अध्यक्ष एवं निःवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा पुनःस्थापनाको माग गर्दै आफ्नो पार्टीले देशभर आन्दोलन गर्ने चेतावनी दिनुभएको छ । भक्तपुरको गुण्डुस्थित आफ्नै निवासमा पुगेका नेता, कार्यकर्तासँग बोल्दै उहाँले  देशलाई छाडातन्त्रमा चलाउनका लागि कुनै हैसियत नै नभएको सरकारले प्रतिनिधि सभा विघटनको सिफारिस गरेको जिकिर समेत गर्नुभयो ।

उहाँले राष्ट्रपति रामचन्द्र पौडेलले असंवैधानिक सरकारले गरेको सिफारिसअनुसार प्रतिनिधि सभा विघटन गरेर गल्ती गरेको बताउनुभयो । संविधान विपरित प्रतिनिधि सभा विघटन गरेकाले आफूहरुले त्यसको पुनःस्थापनाको माग गरेर अघि बढ्नुपरेको अध्यक्ष ओलीको तर्क थियो ।

अध्यक्ष ओलीले मुलुकमा शान्ति सुरक्षाको प्रत्याभुति गराउन पनि आफ्नो पार्टी युथ भोलेन्टियर्स फोर्स गठन गर्ने निर्णय गरेको समेत बताउनुभयो ।

Leave a Reply