काठमाडौं ।
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले जारी केन्द्रीय समिति बैठकमा महाधिवेशनको कार्यतालिका पेस गरेका छन्।
जारी केन्द्रीय समिति बैठकमा उनले पुस १६ गतेदेखि नियमित महाधिवेशन प्रस्ताव गरेका छन् ।
त्यसअघि मंसिर २७ गते वडा अधिवेशन र पुस ५–६ क्षेत्रीय प्रतिनिधि चयन गर्नेगरी अघि बढेर पुस १६ गतेदेखि नियमित महाधिवेशन गर्ने प्रस्ताव गरेका हुन् ।





