ट्रम्प र ताकाइचीबीच व्यापार तथा दुर्लभ खनिज सम्बन्धी सम्झौता | ईमाउण्टेन समाचार

Our Network

फागुन २९ २०८२, शनिबार

ट्रम्प र ताकाइचीबीच व्यापार तथा दुर्लभ खनिज सम्बन्धी सम्झौता

काठमाडौ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र जापानका प्रधानमन्त्री सानार्ई ताकाइचीबीच व्यापार तथा दुर्लभ खनिज सम्बन्धी महत्त्वपूर्ण सम्झौतामा हस्ताक्षर भएको छ ।
ट्रम्पको जापान भ्रमणको क्रममा भएको भेट र सम्झौता ताकाइचीका लागि प्रारम्भिक कूटनीतिक परीक्षा मानिएको बीबीसीले उल्लेख गरेको छ । दुवै नेताले भेटपछि दुई देशबीचको सम्बन्धलाई ‘सुनौलो युगमा प्रवेश गरेको’ घोषणा गरेका छन् ।

सम्झौता अनुसार जापानबाट अमेरिकातर्फ हुने निर्यातमा अब १५ प्रतिशत शुल्क लागू हुनेछ, जुन पहिलेदेखि सहमति भए पनि आज मात्र अन्तिम रूप दिइएको हो ।भेटका क्रममा ट्रम्पले सन् १९७७ देखि १९८३ बीच उत्तर कोरियाद्वारा अपहरण गरिएका जापानी नागरिकका परिवारसँग पनि भेट गरेका थिए ।

जापान भ्रमणपछि राष्ट्रपति ट्रम्प दक्षिण कोरियातर्फ प्रस्थान गर्नुहुनेछ, त्यहाँ उहाँको भेट चीनका राष्ट्रपति सी जिनपिङसँग तय गरिएको छ ।

Leave a Reply