जिल्ला प्रशासनद्वारा काठमाडाैंका विभिन्न स्थानमा प्रदर्शन गर्न निषेध | ईमाउण्टेन समाचार

Our Network

भदौ २४ २०८३, बिहीबार

जिल्ला प्रशासनद्वारा काठमाडाैंका विभिन्न स्थानमा प्रदर्शन गर्न निषेध

काठमाडौं । काठमाडौंका विभिन्न पाँच क्षेत्रहरूमा दुई महिनासम्म पाँच जनाभन्दा बढी भेला भई प्रदर्शन,धर्ना,जुलुस जस्ता विरोधका कार्यक्रम गर्न नपाइने भएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले राष्ट्रपति कार्यालयदेखि सिंहदरबार र प्रधानमन्त्री निवाससम्मका संवेदनशील क्षेत्रमा दुई महिना कार्तिक १ गतेदेखि लागू हुने र मंसिर अन्त्यसम्म लागि प्रदर्शन, जुलुस र भेला गर्न निषेध गरेको हो ।

प्रमुख जिल्ला अधिकारी (सीडीओ) ईश्वरराज पौडेलले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३क) बमोजिमको अधिकार प्रयोग गर्दै पाँच जनाभन्दा बढी व्यक्ति जम्मा हुन नपाउने गरी निषेधाज्ञा जारी गरेका हुन्।

May be an image of the Western Wall and text

May be an image of text

Leave a Reply