सरकारले ११ देशका राजदुतलाई बाेलायाे फिर्ता | ईमाउण्टेन समाचार

Our Network

असार १८ २०८३, शुक्रबार

सरकारले ११ देशका राजदुतलाई बाेलायाे फिर्ता

काठमाडाैं । सरकारले केपी ओली नेतृत्वको सरकारले नियुक्त गरेका विभिन्न ११ देशका नेपाली आवासीय राजदुतहरूलाई फिर्ता बोलाएको छ ।

बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकको निर्णय सुनाउँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले चीन, जर्मनी, मलेसिया, इजरायल, कतार, रुस, साउदी अरब, स्पेन, बेलायत , अमेरिका र जापानका लागि नेपाली आवासीय राजदुतहरूलाई फिर्ता बोलाएको जानकारी दिनुभयो । उहाँका अनुसार फिर्ता बोलाइएका आवासीय राजदुतहरुले अगामी २० कात्तिकसम्म नेपाल फर्किसक्नुपर्ने छ ।

सरकारले भारतका लागि नेपाली आवासीय राजदुतलाई भने फिर्ता बोलाएको छैन । बैठकले सार्वजनिक वित्त व्यवस्थापन मजबुत बनाउन विश्व बैंकबाट प्राप्त हुने १० मिलियन अमेरिकी डलरको अनुदान स्वीकृत गर्ने, नेपाल–भारतबीच विद्युत् व्यापारलाई बढावा दिनका लागि दुई वटा प्रमुख चार सय केभी अन्तरदेशीय प्रशारण लाइनहरू निर्माण गर्न भारतीय कम्पनीहरूसँग संयुक्त लगानी स्थापनालगायतका निर्णयहरु गरेको छ ।

Leave a Reply

ताजा समाचार