जसपा मधेसको नयाँ नेतृत्वका लागि उम्मेदवार दिएका योगेन्द्र यादवद्वारा निर्वाचन बहिष्कार | ईमाउण्टेन समाचार

Our Network

वैशाख १ २०८३, बुधवार

जसपा मधेसको नयाँ नेतृत्वका लागि उम्मेदवार दिएका योगेन्द्र यादवद्वारा निर्वाचन बहिष्कार

काठमाडाैं । जनता समाजवादी पार्टी, नेपाल मधेसको नयाँ नेतृत्वका लागि निर्वाचन प्रक्रिया जारी रहेको समयमा एक पक्षले निर्वाचन नै बहिष्कार गर्ने घोषणा गरेको छ । नेतृत्व चयनका लागि मतदाता नामावली प्रकाशन गरेर मनोनयन प्रक्रिया चलिरहेको समयमा अध्यक्ष पदका उम्मेदवार योगेन्द्र यादवले अधिवेशन बहिष्कारको घोषणा गर्नुभएको हो ।

उहाँका साथै रौतहट, सप्तरी, बारा, धनुषा र सर्लाही जिल्लाका जिल्ला अध्यक्षहरुले पनि यादवलाई समर्थन जनाएका छन् । जसपा, नेपालको विधानविपरित अधिवेशन भइरहेकोले आफूहरुले अधिवेशन बहिष्कार गरेको अध्यक्ष पदका उम्मेदवार योगेन्द्र यादवले बताउनुभयो ।

अधिवेशन कर्मकाण्डी हिसावले चलिरहेको र अर्का उम्मेदवार बालकिशोर यादवले विधान विपरित आफूखुशी हुलका हुल प्रतिनिधि छनौट गरेकाले आफूहरु अधिवेशनमा सहभागी हुने वातावरण नरहेको बताए । आफूहरुलाई बन्दसत्रमा समेत महत्व नदिइएको उहाँको आरोप छ ।

यादवसँगै उहाँको प्यानलबाट उम्मेदवार रहेकाहरुले समेत निर्वाचन प्रक्रिया बहिष्कार गरेका छन् । यसका साथै मधेसका पूर्वमुख्यमन्त्री सरोजकुमार यादव, प्रदेशसभा सदस्य अनिरुद्दप्रसाद सिंह, पूर्वप्रदेश अध्यक्ष रामबाबु यादव लगायतका नेताहरुको समेत उनलाई समर्थन प्राप्त भएको छ ।

Leave a Reply