नेपाली काँग्रेसको एकता आजको आवश्यकताः सभापति देउवा | ईमाउण्टेन समाचार

Our Network

असार १८ २०८३, शुक्रबार

नेपाली काँग्रेसको एकता आजको आवश्यकताः सभापति देउवा

काठमाडौं ।

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली काँग्रेसको एकता आजको आवश्यकता भएको बताउनुभएको छ ।मंगलवार पार्टी केन्द्रिय समितीको बैठकलाई केन्द्रिय कार्यालय सानेपामा सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । देशमा संकट उत्पन्न भएको अवस्थामा पार्टीका नेताहरुबीच व्यक्तिगत वा समूहगत मतभेद, द्वन्द्व, असहमति सबैलाई थाँती राखेर देशलाई साक्षी राखेर एकतावद्ध हुनुपर्ने बताउनु भयो । अहिले व्यक्तिगत वा समूहगत रुची–अरुची, हित–अहित वा लाभहानीका सबै विषय गौण रहेको बताउनु भयो । सभापति देउवाले पार्टीमा सधैँ एउटै व्यक्ति सभापति नरहने भन्दै पार्टीको वैधानिक व्यवस्था र राजनीतिक इच्छाले १५ औं महाधिवेशनबाट पार्टी नेतृत्व विधिवत रुपमा हस्तान्तरण गर्ने बताउनु भयो ।

Leave a Reply

ताजा समाचार