देशकाे संकट समाधानका लागि दलहरुकाे भूमिका महत्वपूर्ण : पूर्वराष्ट्रपति भण्डारी | ईमाउण्टेन समाचार

Our Network

फागुन १५ २०८२, शनिबार

देशकाे संकट समाधानका लागि दलहरुकाे भूमिका महत्वपूर्ण : पूर्वराष्ट्रपति भण्डारी

काठमाडाैं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकमा उत्पन्न संकट समाधानका लागि राजनीतिक दलहरुले बढी भूमिका खेल्नुपर्ने बताउनुभएको छ । काठमाडौंमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले सो आवश्यक्ता औल्याउनुभएको हो ।

पूर्वराष्ट्रपति भण्डारीले मुलुक संकटमा यस्तो अवस्थामा सधैँ रहन नसक्ने उल्लेख गर्दै त्यसको तत्काल समाधानका लागि राजनीतिक दल, नागरिक समाज र नयाँ पुस्ताले सहकार्यका लागि अघि बढ्नुपर्ने पनि बताउनुभयो । उहाँले मुलुकलाई निकास दिन राजनीतिक दलहरुलाई सुझाव दिन पनि समाजका सबै तहलाई आग्रह गर्नुभयो ।

राजनीतिक दलहरुले जनताको बीचमा गएर मुलुकलाई निकास दिनका लागि सुझाव लिन ढिलाइ गर्न नहुने पूर्वराष्ट्रपति भण्डारीको निष्कर्ष थियो ।

पूर्वराष्ट्रपति भण्डारीले राजनीतिक दलहरुले नयाँ पुस्ताको मनोभावनालाई सम्बोधन गर्दै मुलुकलाई अघि बढाउन जिम्मेवार भुमिका निर्वाह गर्नुपर्ने समेत बताउनुभयो ।

 

Leave a Reply