काठमाडाैं । नेपाल इन्जिनियर्स एशोसिएशनले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको भवन ध्वस्त भएको जनाएको छ ।एशोसिएशनका अध्यक्ष सुवासचन्द्र बरालले जेन्जी आन्दोलनको क्रममा आगजनी, तोडफोड भएको सो मन्त्रालयको भवन तत्कालका लागि प्रयोगमा ल्याउन नसक्ने अवस्थामा रहेको प्रारम्भिक निरीक्षणले देखाएको बताउनुभएको हो ।
मन्त्रालय परिसरमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिनेक्रममा उहाँले सर्वोच्च अदालतको पनि उत्तरतिरको भाग कामै नलाग्ने अवस्थामा रहेको बताउनुभयो । दक्षिणतिरको भाग भने काम लाग्ने अवस्थामा रहेको आफूहरुको प्रारम्भिक निरीक्षणले देखाएको अध्यक्ष बरालले बताउनुभयो ।
एशोसिएशनले सरकारसँगको समन्वयमा जेनजी प्रर्दशनकारीहरुले तोडफोड र आगजनी गरेका सरकारी तथा निजी भवनहरुको निरीक्षणको कामलाई तिब्रता दिइएको जानकारी गराउँदै आएको छ । अध्यक्ष बरालले ७ वटै प्रदेश कार्यालयहरुबाट आफूहरुले ले सो कामलाई निरन्तरता दिइएको बताउनुभयो ।





