जेन जी आन्दोलनको आडमा परिवर्तनमाथि धावा बोलिँदैछ : प्रकाशमान सिंह | ईमाउण्टेन समाचार

Our Network

फागुन १२ २०८२, बुधवार

जेन जी आन्दोलनको आडमा परिवर्तनमाथि धावा बोलिँदैछ : प्रकाशमान सिंह

काठमाडाैं । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले जेन जी आन्दोलनको आडमा राजनीतिक दलहरुले ल्याएका उपलब्धिहरु केही होइनन् भन्ने भाष्य सिर्जना गर्ने दुष्प्रयास भइरहेको बताउनुभएको छ । बिहीबार गणेशमान सिंहको २८ औँ पुण्यतिथिमा आयोजित स्मृति सभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले प्राप्त गरेका अधिकार सुरक्षित राख्दै त्यसलाई संस्थागत गरेर आम नेपाली जनताको चाहना अनुसार काम गर्नुपर्ने जिम्मेवारी रहेको बताउनुभयो । उहाँले जेन जीको प्रदर्शनको आडमा कोईराला निवास, कृष्णप्रसाद भट्टराईको आश्रम, सिंहदरबार, संसद भवन लगायतका सरकारी सम्पतीमा आगजनी गरिएको भन्दै यसको निष्पक्ष छानविन हुनुपर्ने माग राख्नुभयो। लोकतन्त्रमाथि खेल्ने काम नगर्न पनि चेतावनी दिनुभयो । यसमा सरकार र राजनीतिक दलहरु सतर्क हुनुपर्ने उहाँको भनाइ छ ।

नेता सिंहले लोकतन्त्रात्मक पद्धतिमा जनताले चित्त नबुझाएको कुराहरु सुधार गरेर राजनीतिक दलहरु अघि बढ्नुपर्ने बताउनुभयो । अहिलेको परिस्थितिबाट देशलाई माथि उकास्न अबका दिनमा नेपाली काँग्रेसले नेतृत्व लिएर अघि बढ्ने बताउनु भयो । जनतालाई केन्द्रबिन्दुमा राखेर अघि बढ्नुपर्ने सन्देश अहिलेको आन्दोलनले दिएको बताउनु भयो ।

Leave a Reply