सनातन हिन्दु राष्ट्र कायम हुनुपर्ने साधुसन्तको माग | ईमाउण्टेन समाचार

Our Network

चैत ४ २०८२, बिहीबार

सनातन हिन्दु राष्ट्र कायम हुनुपर्ने साधुसन्तको माग

काठमाडाैं । मधेसको राजधानी जनकपुरधामको भूमिबाट साधु सन्तले देशमा अमन चयन कायम गर्नका लागि सनातन हिन्दु राष्ट्र कायम हुनुपर्ने माग गरेका छन् । सनातन हिन्दु समाज नेपालको बैनरमुनि रहेर साधु सन्तहरुले नेपाललाई सनातन हिन्दु राष्ट्र कायम गर्नुपर्ने माग गरेका हुन् ।

जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णवले सनातन हिन्दु राष्ट्र नै नेपालको पहिचान रहेकाले नेपालमा सदाका लागि अमन चयन स्थापित गर्न सनातन हिन्दु राष्ट्र कायम गर्नुपर्ने माग गर्नुभयो ।

जानकी मन्दिरका उत्तराधिकारी महन्थ दासले मुलुकको नेतृत्वमा पुगेकाहरु बेलैमा नचेतेका कारण जेनजी पुस्तालाई आन्दोलित हुनु परेको भन्दै अहिले पनि समय बाँकी नै रहेकाले नेपालको पहिचानको रुपमा रहेको हिन्दु राष्ट्र कायम गर्नेतर्फ युवा पुस्ताहरु लाग्नुपर्नेमा जोड दिनुभयो । उहाँले मुलुकको अमन चयन नै सर्वोपरी रहेको र यसका लागि हिन्दु राष्ट्र आवश्यक रहेको उहाँको भनाई थियो ।

Leave a Reply