सुनको मूल्य घट्यो,कतिमा हुँदैछ कारोबार ? | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८३, सोमबार

सुनको मूल्य घट्यो,कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ ।
नेपाली बजारमा बुधबार सुनको भाउ तोलामा एकैदिन एक हजार छ सय रुपैयाँले घटेको छ । सुन बुधबार तोलामा एक हजार छ सय रुपैयाँले घटेर तोलाको एक लाख ९३ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुनको भाउ तोलाको एक लाख ९५ हजार एक सय रुपैयाँ थियो ।त्यस्तै बुधबार चाँदीको भाउ पनि घटेको छ । चाँदी बुधबार ४५ रुपैयाँले घटेर तोलाको दुई हजार २ सय ५५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको दुई हजार तीन सय रुपैयाँ रहेको थियो ।

Leave a Reply