सुनको मूल्यमा प्रतिताेला दुई हजार पाँच सयले गिरावट | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८३, बुधवार

सुनको मूल्यमा प्रतिताेला दुई हजार पाँच सयले गिरावट

काठमाडौ । सुुनको भाउ आज एकैदिन तोलामा दुई हजार पाँच सय रुपैयाँले घटेको छ । आज सुनको भाउ तोलामा दुई हजार पाँच सय रुपैयाँले घटेर एक लाख ९५ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको एक लाख ९७ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको भाउ पनि सामान्य घटेको छ । आज चाँदी तोलामा पाँच रुपैयाँले घटेर दुई हजार एक सय ६० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलामा दुई हजार एक सय ६५ रुपैयाँ कायम भएको थियो ।

 

Leave a Reply