काठमाडौँ ।
राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका पूर्व महामन्त्री डा। मुकुल ढकालले साविककै जिम्मेवारीमा फर्कन माग गर्दै दायर गरेको रिट खारेज गरिएको छ ।सर्वोच्च अदालतका न्यायाधीशद्वय नहकुल सुवेदी र सुनिल कुमार पोखरेलको संयुक्त इजलासले ढकालको रिट खारेज गर्दै निर्देशनात्मक आदेश जारी गरेको हो ।
ढकालले अदालतमा पेश गरेको रिटमा दुवै पक्षलाई छलफलका लागि बोलाउन आदेश दिइएको थियो ।निर्वाचन आयोगको पत्रको आधारमा ढकाल अदालत गएका थिए ।सर्वोच्चको यो निर्णयसँगै मुकुल रास्वपा फर्किने वैधानिक ढोका बन्द भएको छ ।आफूलाई पदबाट बर्खास्त गर्ने रास्वपाको निर्णय अवैध भएको भन्दै ढकालले रास्वपाको महामन्त्री आफू रहेको र सोही हैसियतमा काम गर्न पाउनुपर्ने दाबी गर्दै गत असार ११ गते सर्वोच्चमा रिट दिएका थिए।




