काेदाे खेती : खाद्य तथा पोषण सुरक्षामा महत्वपूर्ण योगदान पुग्ने विश्वास | ईमाउण्टेन समाचार

Our Network

फागुन २७ २०८२, बिहीबार

काेदाे खेती : खाद्य तथा पोषण सुरक्षामा महत्वपूर्ण योगदान पुग्ने विश्वास

काठमाडाैं । आज साउन १६ गते पहिलो पटक राष्ट्रिय कोदो दिवस मनाइँदै छ । सरकारले कोदोजन्य बालीहरूको आयात रोक्न र उत्पादन बढाउन पहिलोपटक साउन १६ गते राष्ट्रिय कोदो दिवस मनाउने निर्णय गरेको हो ।

कृषि विभागका महानिर्देशक प्रकाशकुमार सञ्जेलको अध्यक्षतामा प्रथम राष्ट्रिय कोदो दिवस मूल आयोजक समिति गठन गरी ‘कोदोजन्य परिकारको आहारः खाद्य सुरक्षा र स्वस्थ जीवनको आधार’ नारा तय गरिएको छ ।

आर्थिक वर्ष २०८१/0८२ मा ७६ करोड ६३ लाख ८६ हजार बराबरको करिब १८ हजार तीन सय १६ मेट्रिक टन कोदोजन्य उत्पादनको आयात भएको कृषि विभागले जनाएको छ । कोदोजन्य बालीहरूको आयात रोक्न, उत्पादन तथा उत्पादकत्व बढाउने प्रयासमा साउन १६ लाई राष्ट्रिय कोदो दिवस भनिएको हो ।

कोदोजन्य बालीले साना किसानको आयआर्जन बढाउन, खाद्य तथा पोषण सुरक्षामा महत्वपूर्ण योगदान दिने विश्वास गरिएको छ। देशको दिगो विकास लक्ष्य हासिल गर्न, जलवायु परिवर्तनवाट हुने असर कम गर्न र जैविक विविधता जोगाउँदै खाद्य प्रणालीको रुपान्तरण गर्न दिवस महत्त्वपूर्ण हुने बताइएको छ ।

दिवसका अवसरका चाँगुनारायण नगरपालिकास्थित ताथलीमा कोदो रोपाइँ तथा कृषक, राष्ट्रिय कृषक समूह महासङ्घ, पत्रकारलगायतका विभिन्न विधामा पुरस्कार तथा कदरपत्र वितरणको कार्यक्रम छ । प्रदेश र स्थानीय तहहरूबाट पनि विविध कार्यक्रम सञ्चालन गरिने छ ।

रासायनिक मल र विषादीको प्रयोग नगरी वा कम गरेर पनि कोदो उत्पापद बढाउन सकिने छ । हानिकारक हरित ग्यास उत्सर्जन कम गर्नमा सघाउ पुर्याई जलवायु परिवर्तन न्यूनीकरणमा समेत सहयोग पुग्ने विश्वास गरिएको छ । कुनै समय कोदो खानेलाई हेयको दृष्टिले हेर्ने गरेको नेपाली समाजमा अहिले धेरै बदलाव भइसकेको छ ।

अहिले कोदोको परिकार खानु प्रतिष्ठाको विषय बनेको छ । तर हाम्रै पाखा पखेरामा मनग्य फल्ने कोदोको उत्पादन कमहुँदा आयात गर्नुपर्ने अवस्था छ । हावापानी र भूगोलले साथ दिँदा दिँदै पनि कृषि प्रधान भनिएको मुलुकमा कोदो आयात गर्नुपर्ने अवस्था विडम्बना नै हो ।

Leave a Reply