साउनको दोस्रो सोमबार आज : पशुपतिमा भक्तजनको भीड | ईमाउण्टेन समाचार

Our Network

फागुन १ २०८२, शनिबार

साउनको दोस्रो सोमबार आज : पशुपतिमा भक्तजनको भीड

काठमाडाैं । आज साउन महिनाको दोस्रो सोमवार । पशुपतिनाथसहित देशभरका शिवालयहरुमा भक्तजनको उल्लेख्य भीड लागेको छ । साउनको सोमवार महादेवको पूजा, आराधना, जल र बेलपत्र चढाईं दर्शन गर्ने र पूजापाठ गर्नेहरु बिहानैदेखि पशुपतिनाथसहित देशभरका शिवालयहरुमा पुगेका छन् । साउन भगवान शिवसँग जोडिएको महिना हो ।

साउन महिनामा शिवको पूजा गरे सबै देवताको पूजा गरेबराबर फल प्राप्त हुन्छ भन्ने सनातन विश्वास छ । साउन महिना धार्मिक, प्राकृतिक एवं सांस्कृतिक दृष्टिकोणले महत्त्वपूर्ण भएकाले यो महिनालाई विशेष रूपमा लिइन्छ ।

विशेष गरी साउनको सोमवार शिवजीको व्रत एवं पूजा गर्ने चलन छ । पार्वतीले साउन महिनाभर निराहर रही कठोर व्रत बसेर भगवान शिवलाई प्राप्त गरेको किम्वदन्ती सुनेका हुनाले महिलाहरूले यसलाई बढी महत्व दिन्छन् ।

साउनको महिना व्रत बसी शिवको पूजा गरे आफू, श्रीमान, सन्तान एवं परिवार सबैको कल्याण हुने धार्मिक विश्वास छ । महिनाको अरू दिन नसके पनि सोमवार व्रत बसी शिवलाई शुद्ध जल चढाएर खुशी बनाउन सकिन्छ भन्ने शास्त्रीय मान्यता छ ।

Leave a Reply