साउन महिनाको पहिलो सोमवारः देशभरका शिवालयमा भक्तजनको घुइँचो | ईमाउण्टेन समाचार

Our Network

साउन ४ २०८३, मंगलबार

साउन महिनाको पहिलो सोमवारः देशभरका शिवालयमा भक्तजनको घुइँचो

काठमाडौं । आज साउन महिनाको पहिलो सोमवार, वैदिक सत्य सनातन हिन्दु धर्मावलम्बीहरूका लागि धार्मिक तथा सांस्कृतिक रूपमा विशेष महत्व मानिने साउनको पहिलो सोमवार आज देशभरका विभिन्न शिवालयहरूमा बिहानैदेखि भक्तजनहरूको उल्लेख्य उपस्थिति रहेको छ । साउन महिना र सोमवारलाई भगवान शिवको उपासनाका लागि सबैभन्दा पवित्र समय मानिन्छ । यस दिन श्रद्धालुहरूले विशेषगरी व्रत बसी भगवान् शिवको पूजा–आराधना गर्ने गर्दछन् । काठमाडौंको पशुपतिनाथ मन्दिर, भक्तपुरको डोलेश्वर, ललितपुरको कुम्भेश्वरका साथै मुलुकभरका प्रमुख शिव मन्दिरहरूमा पूजाअर्चना गर्नेहरूको लामो लाम लागेको छ । धार्मिक विश्वासअनुसार साउनको सोमबार व्रत बसी शिवको पूजा गर्नाले पारिवारिक सुख, शान्ति र मनोकाङ्क्क्षा पूरा हुने जनविश्वास रहिआएको छ । विशेषगरी महिलाहरूले हरियो वस्त्र र श्रृङ्गारमा सजिएर श्रद्धापूर्वक यो पर्व मनाउने गर्दछन् । साउन महिनाभरि नै शिवको विशेष आराधना गर्ने परम्परा भए पनि सोमवारको दिनलाई अझ विशेष रूपमा लिइने गरिन्छ ।

Leave a Reply