काठमाडाैं । नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष बुदुराम भुसालले पुष्पलाल श्रेष्ठ नेपालको कम्युनिष्ट आन्दोलनको जनक भएको बताउनुभएको छ । बुधबार कीर्तिपुरमा आयोजित ४७औँ पुष्पलाल स्मृति दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले पुष्पलाल नेपाली कम्युनिष्ट आन्दोलनको पिता भएको बताउनुभएकाे हाे।
उपाध्यक्ष भुसालले नेपालको कम्युनिष्ट आन्दोलनमा पुष्पलालको योगदान अतुलनीय रहेको बताउनुभयो । नेपालमा मार्क्सवाद प्रवेश गराउने व्यक्ति नै पुष्पलाल भएको बताउनुभयो ।
उपाध्यक्ष भुसालले पुष्पलालले शुरु गर्नुभएका कामहरु आज पनि अधुरा रहेको बताउनुभयो । मुलुकलाई समाजवादमा पुर्याउने लक्ष्य, नेपाली समाजको इतिहास नयाँ ढंगले लेख्नुपर्छ भन्ने लक्ष्य आज पनि अधुरो रहेको बताउनुभयो ।





