विवाह गरेर सन्तान जन्माउन युवाहरुलाई प्रेरित गराैँ : प्रधानमन्त्री | ईमाउण्टेन समाचार

Our Network

असोज ४ २०८३, सोमबार

विवाह गरेर सन्तान जन्माउन युवाहरुलाई प्रेरित गराैँ : प्रधानमन्त्री

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले देश आलोचनात्मक चेतबाट आक्रान्त भइसकेको बताउनुभएको छ । शुक्रबार विश्व जनसंख्या दिवस तथा राष्ट्रिय जनसंख्या नीतिको सार्वजनिककरण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । प्रधानमन्त्री अब आलोचनात्मक चेत नभइ विश्वलेषणात्मक चेतको जरुरी रहेको बताउनुभयो ।

उहाँले जे कुरामा पनि आलोचना नभइ रचनात्मक सुझाव जरुरी रहेको बताउनुभयो । उहाँले अब आलोचनात्मक चेतबाट रचनात्मक टिप्पणीतिर जान जरुरी रहेको बताउनुभयो । विश्लेषण गरेपछि राम्रो र नराम्रो छुट्याउन सकिने भन्दै कमजोरी भएका ठाउँहरु देखाउन जरुरी रहेको उहाँकाे भनाइ छ।

प्रधानमन्त्री ओलीले २० वर्ष उमेर पुगेपछि विवाह गरेर सन्तान जन्माउनमा युवाहरुलाई प्रेरित गर्न जरुरी रहेको बताउनुभएको छ । उहाँले प्रजनन क्षमता बढी भएको बेलामा नै सन्तान जन्माउन राम्रो हुनेमा जाेड दिनुभयाे ।

Leave a Reply