प्रधानमन्त्रीसँग स्पेन गएकामध्ये केही नफर्किएको समाचारप्रति संसदको ध्यानाकर्षण | ईमाउण्टेन समाचार

Our Network

चैत २१ २०८२, आइतबार

प्रधानमन्त्रीसँग स्पेन गएकामध्ये केही नफर्किएको समाचारप्रति संसदको ध्यानाकर्षण

काठमाण्डौ
राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले मंगलबार पनि प्रतिनिधिसभाको बैठक बहिष्कार गरेका छन् । बैठक सुरु हुनेबित्तिकै दुवै पार्टीका सांसदहरुले उठेर विरोध जनाए । रास्वपाबाट धारणा राखेकी सांसद सोबिता गौतमले भिजिट भिसा’ प्रकरणमा कैयौँ दिनदेखि आवाज उठाउँदै आए पनि सरकार गम्भीर नभएको भन्दै आपत्ती जनाए।

प्रधानमन्त्री केपी शर्मा ओलीको भ्रमण टोलीमा स्पेनको कार्यक्रममा गएका केही व्यक्ति नफर्किएको विषयमा समाचार सार्वजनिक भएको भन्दै उहाँले संसद्को ध्यानाकर्षण पनि गराए ।

राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका सांसद ज्ञानबहादुर शाहीले लामो समयदेखि संसद्मा भिजिट भिसा प्रकरणसम्बन्धी आवाज उठाइरहे पनि सरकारले सुन्न नखोजिरहेको भन्दै यो सरकारविरुद्ध नभइ मानव बेचबिखन विरुद्धको अभियान भएको स्मरण गराए ।
दुवै जनाले बोलेपछि राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रतिनिधिसभाको बैठक बहिष्कार गरेका हुन् ।

Leave a Reply