न्यायमा सर्वसाधारणको पहुँच कम हुँदै गयाे : सांसद कार्की | ईमाउण्टेन समाचार

Our Network

फागुन ६ २०८२, बिहीबार

न्यायमा सर्वसाधारणको पहुँच कम हुँदै गयाे : सांसद कार्की

काठमाडाैं । नेपाली काँग्रेसका सांसद ज्ञानेन्द्रबहादुर कार्कीले न्यायमा सर्वसाधारणको पहुँच कम हुँदै गएको बताउनुभएको छ । संसदीय सुनुवाइ समितिको सोमबारको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले अहिले सर्वोच्च अदालतमा धेरै मुद्दाहरु विचाराधिन रहेको बताउनुभयो । उहाँले ति मुद्दालाई अघि बढाउन सर्वोच्च अदालतमा प्रस्तावित न्यायाधीश शान्ति थापासँग तपाईंका योजना के छन् भन्दै प्रश्न गर्नुभयो ।

उहाँले न्यायालयप्रतिको जनताको आस्था, विश्वास र भरोसामा कमी हुँदै आएकोप्रति ध्यानाकर्षण गराउनुभयो ।

उहाँले संसदीय सुनुवाई समितिमा आज सर्वोच्च अदालतमा प्रस्तावित न्यायाधीश शान्ति थापा र न्याय परिषद् सदस्यमा सिफारिस महेशकुमार नेपालको कार्ययोजना प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

Leave a Reply