पर्यटक सवारी चालक संसारको सबैभन्दा राम्रा नेपाली : कार्यकारी निर्देशक जोशी | ईमाउण्टेन समाचार

Our Network

फागुन ६ २०८२, बिहीबार

पर्यटक सवारी चालक संसारको सबैभन्दा राम्रा नेपाली : कार्यकारी निर्देशक जोशी

काठमाडाैं । नेपाल पर्यटन बोर्डका कार्यकारी निर्देशक दीपकराज जोशीले पूर्वाधारको कमजोर अवस्थाका कारण अपेक्षित पर्यटक भित्र्याउन नसकेको बताउनुभएको छ ।  नेपाल पर्यटक यातायात व्यवसायी संघ र नेपाल टुरिजम बोर्डद्वारा आयोजित पर्यटक सवारी चालक तथा सहचालक अभिमुखीकरण प्रशिक्षण कार्यक्रममा बोल्दै कार्यकारी निर्देशक जोशीले यस्तो बताउनुभएको हो ।

उहाँले पछिल्लो समय मूल सडकबाहेक भित्री सडकहरुको अवस्थामा सुधार भइसकेको र आगामी दुई वर्ष भित्रमा मुख्य गन्तव्यहरु जोड्ने सडक पनि सम्पन्न हुने अवस्थामा रहेकोले पर्यटक आगमनको संख्यापनि राम्रो हुँदै जाने दाबी गर्नुभयो ।

कार्यकारी निर्देशक जोशीले फ्रन्टलाइनमा भेटिने पर्यटक सवारी चालक र सहचालकको व्यवहारले नेपालको छवि संसारको सबैभन्दा राम्रो र सबैभन्दा राम्रा नेपाली भनेर चिनिएको स्पष्ट गर्नुभयो । पूर्वाधारमा यतिधेरै कमजोरी भइरहँदा पनि आतिथ्यताले नेपालको बनेको छविलाई बचाउने काम गर्न उहाँले सरोकारवालालाई आग्रह गर्नुभयो ।

कार्यकारी निर्देशक जोशीले पर्यटक यातायातको गुणस्तरीयता, सफाईलगायत पर्यटकलाई दिइने आतिथ्यताले एकपटक आएका पर्यटक पटकपटक आउने गरेको दाबी गर्नुभयो ।

Leave a Reply