जेठ ३० शुक्रबार ।
प्रमुख प्रतिपक्षी दलका नेता एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सदन खुल्ने बताएका छन्।
उनले सत्तापक्षसँग हस्ताक्षर गर्ने तयारी भइरहेको र त्यसलगत्तै सदन खुल्ने बताए।
हस्ताक्षरको अन्तिम तयारी हुँदैछ। हस्ताक्षर हुन्छ। हाउस खुल्छ, संसद भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने।उनले अर्का प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा आफ्नै ढंगले अगाडि बढ्ने बताए। रास्वपाको आफ्नै अडान रहेकाले उनीहरू फरक ढंगले जाने अध्यक्ष प्रचण्डको भनाइ छ।
मूलभूत विषयमा रास्वपा र हाम्रोबीच मतभेद छैन। तर, आफ्नै अडानका कारण सायद उहाँहरू आफ्नो ढंगले जानुहुन्छ। हाम्रोबीच विमति र आरोप प्रत्यारोप हुँदैन,ु उनले भने।भिजिट भिसा प्रकरणमा रास्वपाले गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने र छानबिन समिति बनाउनुपर्ने अडान लिँदै आएको छ।




