जेठ २७ मंगलबार ।
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले कार्यकर्तासँग भेटघाट गर्न आफूले कसैको अनुमति लिनुनपर्ने बताएकी छन् । मंगलबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँगको कुराकानीका क्रममा पूर्वराष्ट्रपति भण्डारीले आफूले एमालेको संगठित सदस्यता लिनुपूर्वदेखि नै पार्टीमा काम गरेको बताइन् ।
भण्डारी झापामा भएको बेला प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले भण्डारीको नाम नलिई टिप्पणी गरेका थिए । सोही विषयमा पत्रकारले राखेको जिज्ञासामा भण्डारीले ‘राष्ट्रपति हुनुभन्दा पहिले, संगठित सदस्यता लिनुभन्दा पहिले पनि एमालेमा काम गरेको दाबी गरिन् ।
आफूले कुनै गुटगत राजनीति नगरेकाले एमाले अध्यक्ष केपी शर्मा ओलीको अभिव्यक्ति आफूलक्षित हुन नसक्ने उनको भनाइ छ ।अध्यक्ष ओली केपी शर्मा ओलीजीले मलाई नै ताकेर भन्नुभयो होला भन्ने मलाई लाग्दैन । म कहिले गुट नबनाएको मान्छे त्यसो भन्न मिल्दैन । उहाँले पनि त्यस्तो भन्नुभएको होइन होला । तपाईंहरूले त्यस्तो अर्थ लगाउनुभयो कि उनले भनिन् ।





