२०८२,१,१३
नेपाल कम्युनिष्ट पार्टी राष्ट्रिय एकता अभियानका अध्यक्ष तथा राष्ट्रियसभा सदस्य वामदेव गौतमले मुलुकलाई हालको आर्थिक अवस्थाबाट माथि उठाउन अब समाजवाद निर्माणमा ढिलाइ गर्न नहुने बताउनुुभएको छ । उहाले पछिल्लो समयमा देशमा देखिएको राजनीतिक अस्थिरता र मुलुकको कमजोर आर्थिक अवस्थालाई लिएर जनतामा वितृष्णा बढ्दै गएकाले त्यसको अन्त्यका लगि समाजवादको निम्ति तुरुन्तै आह्वान गरी काम सुरू गर्नुपर्ने बताउनुुभयो ।
पूर्वउपप्रधानमन्त्री समेत रहनुुभएको गौतमले “राष्ट्रपति, प्रदेश प्रमुख र पालिका प्रमुख प्रत्यक्ष निर्वाचित हुनुपर्ने जिकरि गर्नुभयो । साथै सबै पूर्ण समानुपातिकमा निर्वाचन प्रणालीमा जानुपर्नै उहाको भनाई छ ।




