शिक्षक आन्दोलनका कारण काठमाडौंको यातायात सेवा प्रभावित | ईमाउण्टेन समाचार

Our Network

असार १२ २०८३, शनिबार

शिक्षक आन्दोलनका कारण काठमाडौंको यातायात सेवा प्रभावित

बैशाख ०९ मंगलबार ।

शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षक तथा कर्मचारीहरुले काठमाडौंमा प्रदर्शन जारी राखेका छन् ।शिक्षकको सडक आन्दोलनका कारण काठमाडौंको यातायात अस्तव्यस्त बनेको छ । शिक्षकहरुले २१ दिनदेखि काठमाडौंको माइतीघर–बबरमहल–नयाँ बानेश्वर सडकमा प्रदर्शन गरिरहेका छन् ।नेपाल शिक्षक महासङ्घले जारी राखेको आन्दोलनका कारण तीनकुनेदेखि माइतीघर क्षेत्रसम्मको यातायात सेवा प्रभावित भएको छ ।
निरन्तरको आन्दोलनका कारण बानेश्वर–माइतीघर क्षेत्रको मुख्य सडक नै बन्द छ । यसको असर अन्य क्षेत्रमा पनि परेको छ । शिक्षकको आन्दोलनका कारण यो क्षेत्र नै ठप्प भएको छ ।मुख्यसडक बन्द भएपछि सार्वजनिक सवारी साधानलाई तीनकुनेबाट बानेश्वरतर्फ आउन रोक लगाइएको छ ।
साना सवारी साधनसमेत डाइभर्ट गरिएपछि करिडोरमा लामो जाम लाग्ने गरेको छ ।

Leave a Reply