२०८१,११,२५
नेकपा एकीकृत समाजवादीकी सांसद जयन्तीदेवी राईले राजावादी पक्षहरू कुर्लिरहेका कारण मुलुकमा खतरा र राजनीतिक अस्थिरता पैदा भएको टिप्पणी गरेकी छन्। राष्ट्रियसभाको आइतवारको बैठकमा बोल्दै सांसद राईले यस्तो बताएकी हुन्। उनले प्रतिगामी तत्त्वहरू संविधान उल्लङ्घन गर्दै लोकतन्त्रमाथि धावा बोलिरहेको बताइन्। उनले मुलुकभर अनावश्यक नारा गुन्जिरहेको उल्लेख गर्दै सबैले यसको प्रतिवाद गर्दै संविधान कार्यान्वयनमा अघि बढ्न जरुरी रहेको बताउकी हुुन ।
उनले नेपाली जनताको बलिदानीबाट प्राप्त व्यवस्था जोगाउन सबै एकजुट हुने समय आएको उल्लेख गरेकी छन ।




