१६ मिनेटमा ३ गोल खाँदा चेल्सीको लजास्पद हार | ईमाउण्टेन समाचार

Our Network

मंसिर ८ २०८१, शनिबार

१६ मिनेटमा ३ गोल खाँदा चेल्सीको लजास्पद हार

chelse

काठमाडौं, १८ माघ । इंग्लिस प्रिमियर लिग फुटबल अन्तरगत बुधबारको खेलमा चेल्सी नमिठो हार व्यहोर्न बाध्य भएको छ । तुलनात्मक रुपमा कमजोर प्रतिद्वन्द्वी मानिएको बोर्नमाउथसँग ३ -० को हार व्यहोर्न पुग्दा तीन अंक जोड्दै लिभरपुललाई पछि पारी अंक तालिकाको तेस्रो स्थानमा उक्लने अवसर समेत चेल्सीले गुमाएको छ ।

चेल्सीको होम ग्राउण्डमा भएको खेल पहिलो हाफ भने गोलरहित बराबरीमा सकिएको थियो । ५१ औं मिनेटमा कालम विल्सनले गोल गर्दै बोर्नमाउथलाई अग्रता दिलाएका थिए । ६४ औं मिनेटमा जुनियर स्टानिसलास र नाथन एकेले ६७ औं मिनेटमा गोल गरेका थिए । यसरी १६ मिनेटमा तीन गोल खान पुग्दा चेल्सी लजास्पद हार व्यहोर्न पुग्यो ।आजको अन्नपुर्णपोष्टमा यस्तो खवर छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);