'भूकम्प प्रभावितलाई सामुहिक जवानीमा ऋण उपलब्ध गराउन कठिनाई' | ईमाउण्टेन समाचार

Our Network

असोज १८ २०८१, शुक्रबार

‘भूकम्प प्रभावितलाई सामुहिक जवानीमा ऋण उपलब्ध गराउन कठिनाई’

काठमाडौं, १७ माघ । राष्ट्रिय पुनर्निमाण प्राधिकरणले कार्यविधिमा रहेको जटिलताका कारण भूकम्प प्रभावितका लागि सामुहिक जवानीमा ऋण उपलब्ध गराउन कठिनाई भएको बताएको छ ।

प्राधिकरणले बुधबार काठमाण्डौमा गरेको कार्यक्रममा कार्यकारी अधिकृत युवराज भुसालले क्रृणको कार्यविधिमा देखिएको प्रावधानका कारण भूकम्प प्रभावितका लागि सरकारले उपलब्ध गराउने भनेको ऋण सहायताको कार्य अघि बढ्न नसकेको स्पष्ट पारे ।

उनले ऋण सम्बन्धी कार्यविधिमा उल्लेखित ओभरहेड कष्टको प्रावधानका कारण सामुहिक जवानीमा ३ लाख रुपैयाँ ऋण उपलब्ध गराउने कार्यमा जटिलता देखिएको बताए ।

प्राधिकरणमा नियुक्तिको तीन महिना पुगेको असरमा आयोजित कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत भुसालले नियुक्तिको समयमा गरेको प्रतिवद्धता पुरा गर्न नसकेको स्वीकार गरे ।

उनले मंसिर अघि नै भुकम्प प्रभावितलाई असुरक्षित आवासबाट सुरक्षित आवासमा सार्ने तथा ६० प्रतिशतन घरहरु निर्माण गर्ने लगायतका प्रतिवद्धता व्यक्त गरेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);