२०८१,०८,२०
सर्बियामा आकर्षक तलब पाउने प्रलोभन देखाएर ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा रामेछापको लिखुतामाकोसी गाउँपालिका(३ बिजुलीकोट घर भई काभ्रेको बनेपा नगरपालिका(९ नयाँबस्ती बस्ने ३४ वर्षीय उखिल बम्जन र कैलालीको टिकापुर नगरपालिका(१ घर भई हाल काठमाडौंको महानगरपालिका(१० बुद्धनगरमा बस्ने २६ वर्षीय कमल रावल रहेका छन् ।
प्रहरीका अनुसार बम्जनलाई काठमाडौं(९ पिङ्गलास्थानबाट बुधबार र रावललाई ताहाचालबाट बिहीबार नियन्त्रणमा लिइएको हो ।बम्जनले पीडितसँग १ लाख ४० हजार र रावलले १ लाख ५० हजार रुपैयाँ असुली गरेको उजुरीको आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।