दिवा खाजा कक्षा ६ सम्म विस्तार गर्ने सरकारको तयारी | ईमाउण्टेन समाचार

Our Network

पुष ६ २०८१, शनिबार

दिवा खाजा कक्षा ६ सम्म विस्तार गर्ने सरकारको तयारी

२०८१,८,११
सरकारले सामुदायिक विद्यालयमा दिँदै आएको दिवा खाजा कार्यक्रमलाई कक्षा ६ सम्म विस्तार गर्ने तयारी गरेको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आगामी नयाँ बजेटमार्फत २०८२ बाट कक्षा ६ सम्म दिवा खाजा विस्तार गर्ने जनाएको छ।शिक्षा मन्त्रालयका सहसचिव एवं प्रवक्ता लक्ष्मीप्रसाद भट्टराईले यसका लागि छलफल भइरहेको जानकारी दिए। ‘मन्त्रालयले अबको नयाँ बजेटबाट कक्षा ६ सम्म नै दिवा खाजा विस्तार गर्ने र क्रमशः अन्य कक्षामा पनि विस्तार गर्दै जाने लक्ष्य लिएको छ’, उनले भने,​ ‘त्यहीअनुसार हामीले अर्थ मन्त्रालयसँग छलफल चलाएका छौँ। दिवा खाजा विस्तार गर्न मन्त्रालयले सक्दो पहल गरिरहेको छ।’

सरकारले शिक्षण सिकाइमा बालबालिकाको सहभागिता वृद्धि र सिकाइ सुधार गर्न दिवा खाजा कार्यक्रम ल्याएको हो। कम्तीमा ३० प्रतिशत पोषण परिपूरक हुने विविधतामूलक आहार उपलब्ध गराएर विद्यालयमा बालबालिकाको स्वास्थ्य र पोषण स्थिति सुधार गर्ने पनि यो कार्यक्रमको उद्देश्य छ।सामुदायिक विद्यालयमा दिवा खाजा मापदण्ड तथा कार्यक्रम सहजीकरण पुस्तिका, २०७६ अनुसार दिवा खाजा कार्यक्रमको शुरुवात १९६४ देखि शुरु भएको हो। त्यसो त सरकारले बर्सेनी दिवा खाजाको लागि करोडौँ बजेट विनियोजन गर्दै आएको छ।

​सरकारले बजेट अपुग भएको भन्दै दुई वर्षदेखि दिवा खाजामा कटौती गर्दै आएको छ। सरकारले आर्थिक वर्ष २०७९र०८० को बजेटमा स्थानीय उत्पादनको उपयोगलाई प्राथमिकता दिई दिवा खाजा कार्यक्रमलाई क्रमशः कक्षा ८ सम्म विस्तार गर्ने लक्ष्यका साथ कक्षा ६ सम्म दिवा खाजा विस्तार गरेको थियो।

तर, आव २०८०र०८१ मा बजेट अपुग भएको भन्दै कक्षा ५ सम्मलाई मात्रै पुग्ने गरी स्थानीय तहमा रकम पठायो। त्यहीअनुसार हाल कक्षा ५ सम्मलाई मात्रै दिवा खाजा दिइयो।सरकारले उक्त वर्ष सरकारी विद्यालयमा सञ्चालित दिवा खाजा कार्यक्रमलाई निरन्तरता दिन ८ अर्ब ४५ करोड रूपैयाँ विनियोजन गरेको थियो। तत्कालीन अर्थमन्त्री डा।प्रकाशशरण महतले बजेट सार्वजनिक गर्दै यसबाट करिब ३२ लाख विद्यार्थी लाभान्वित हुने बताएका थिए।

तर यति रकमले कक्षा ५ सम्मलाई मात्रै पुग्यो, ​जसकारण कक्षा ६ का विद्यार्थी भने दिवा खाजाबाट वञ्चित भए। हालसम्म पनि कक्षा ५ सम्ममात्रै दिवा खाजा दिइँदै आएको छ। यस्तै सरकारले सरकारले चालु २०८१र०८२ मा पनि कक्षा ५ सम्म पुग्ने गरी दिवा खाजाको लागि बजेट छुट्यायो। दिवा खाजाको लागि चालु आवमा ८ अर्ब ३९ करोड विनियोजन गरेको छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);