श्रावण १३, २०८१ राष्ट्रिय स्वतन्त्र पार्टीका निलम्बित महामन्त्री डा. मुकुल ढकालले आफ्नो कारबाहीसम्बन्धी कुनै पनि पत्र अद्यावधिक नगर्न निर्वाचन आयोगमा निवेदन दिनु भएको छ ।
आइतबार निर्वाचन आयोगमा दर्ता भएको निवेदनमा ढकालले पदमुक्त गरिएकोबारे आफूलाई जानकारी नभएको भन्दै यदी त्यस्तो कुनै पत्र आएमा अवैधानिक ठहर गर्दै अद्यावधिक नगर्न आग्रह गरिएको छ ।
निर्वाचन आयोगमा राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ५१ बमोजिम ३० दिनभित्र अद्यावधिक गर्न आएका पत्रमा विश्वास नगर्न ढकालले आयोगलाई निवेदन गर्नूृभएको छ ।
ढकलको पत्रमा राजनीतिक दल सम्बन्धी ऐनको दफा १८ को उपदफा (२) बमोजिम सफाइ पेस गर्ने मानसिव मौका नदिइएको भनिएको छ ।
नेपालको संविधानले नेपाललाई लोकतान्त्रिक मुलुकको रूपमा व्याख्या गरेको र सफाइको मौका दिनपर्ने विश्वव्यापि लोकतान्त्रिक मूल्य मान्यता रहेको, राजनीतिक दल सम्बन्धी ऐन २०७३ ले पनि व्यवस्था गरेकाले सफाइको मौका नदिइ गरिएको कुनै पनि कारवाही अवैधानिक ठहर्ने उल्लेख छ ।
कारबाही
विधिसंगत नभएकाले आफू पदमा बहाल रहेको ढकालको जिकिर छ ।०००