नेपालको ४० मेगावाट बिजुली बङ्गलादेश निर्यात गर्न त्रिपक्षीय सम्झौताको मिति तय | ईमाउण्टेन समाचार

Our Network

चैत ६ २०८२, शनिबार

नेपालको ४० मेगावाट बिजुली बङ्गलादेश निर्यात गर्न त्रिपक्षीय सम्झौताको मिति तय

साउन ३, २०८१ बिहीबार नेपालको ४० मेगावाट बिजुली बङ्गलादेश निर्यात गर्न आउँदो १३ गते त्रिपक्षीय सम्झौता हुने भएको छ ।

उर्जा, जलस्रोत तथा सिञ्चाई मन्त्रालयकाअनुसार नेपाल विद्युत् प्राधिकरण, बङ्गलादेशको बङ्गलादेश पावर डेभलपमेन्ट बोर्ड बीपीडीबी र भारतको विद्युत् व्यापार निगम एनभीभीएन बीच सम्झौता हुने मिति १३ गतेका लागि तय भएको हो ।

नेपाल विद्युत् प्राधिकरणले पाँच वर्ष वर्षायामको ६ महिना ४० मेगावाट बिजुली अमेरिकी मुदामा बङ्गलादेशलाई बिक्री गर्नेछ ।

नेपाल र बङ्गलादेशबीच ऊर्जा सहकार्यसम्बन्धी समझदारी भएको झन्डै ६ वर्षपछि विद्युत् निर्यातले अन्तिम रूप लिन लागेको हो ।

नेपाल र भारतबीचको पहिलो अन्तरदेशीय ढल्केबर–मुजफ्फरपुर ४०० केभी प्रसारण लाइन हुँदै बङ्गलादेश निर्यात हुने बिजुलीको मूल्य प्राधिकरणले भारतरको मुजफ्फरपुर बिन्दुमा पाउने छ ।

बिजुली बिक्री हुँदा देशलाई हरेक महिना ३३ करोड रुपैयाँ आम्दानी हुने विद्युत प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले भारतीय अनुदानमा निर्माण भएको तथा आफ्नो स्वामित्वमा रहेको २५ मेगावाटको त्रिशूली र सहायक कम्पनीमार्फत निर्माण गरिएको २२ मेगावाटको चिलिमे जलविद्युत् आयोजनाहरूबाट उत्पादित बिजुली बङ्गलादेश निर्यात गर्ने तयारी गरेको छ ।

 

Leave a Reply