जेष्ठ नागरिकद्धारा फोहरको डंगूरको रुपमा रहेको १२ सय बर्ष पुरानो एतिहासिक विहार खोज गरी संरक्षण | ईमाउण्टेन समाचार

Our Network

असोज १६ २०८१, बुधवार

जेष्ठ नागरिक
उषा काफ्ले ललितपुर । नेपाली समाजमा जेष्ठ नागरिक भन्ने बित्तिकै कमजोर, अशक्त हुन्छन भन्ने गलत मानसिकता छ ।तर ललितपुरमा जेष्ठ नागरिकहरुले फोहरको डंगूरको रुपमा रहेको १२ सय बर्ष पुरानो एतिहासिक विहार खोज गरेर गरी संरक्षण गरिरहेका छन भन्ने सुन्दा र देख्दा जो कसैलाई पत्याउन कठिन हुन्छ ।

तर ललितपुरको महालक्ष्मी नगरपालीका वडा नं ४ मा सार्वजनिक शौचालय बनि सकेको नेपाल कै पहिलो एैतिहासिक सिंहकेतु संस्कारीत पातलीपुर विहारलाई जेष्ठ नागरिकहरुले संरक्षण गरेका छन् ।सार्वजजिक शौचालय बनिसकेको ललितपुरको इमाडोेलस्थित ऐतिहासिक विहार अहिले जेष्ठ नागरिकहरुको संरक्षणमा छ ।

बौद्ध घुम्ति अभियानका संयोजक धर्मराज बज्राचार्यले ऐतिहासिक पर्खाल सहित पिपलको रुखमा दुईवटा भत्किएको मन्दिर सार्वजनिक शौचालयको रुपमा देखे । यसपछि यसको संरक्षण गर्र्ने अठोट सहित इतिहास खोजतलास गर्दा ललितपुर वडा नं १६ हखबहालका संघसदस्यहरुको देवस्थान रहेको पत्ता लाग्यो । वेवारीस विहारको इतिहास पत्ता लागेपछि ८८ बर्षिय बज्राचार्यले आफुजस्तै केही जेष्ठ नागरिकहरुसंग मिलेर यसको संरक्षण तथा प्रचारमा कार्यमा लागे ।

जेष्ठ नागरिकहरुको मेहनत र परिश्रमले अहिले यस विहारमा पर्खाल लगाउने, सानो बुद्धकोमूर्ति सहित कच्ची माटोको एकतल्ले भवन निर्माण गरि प्रत्येक अष्टमी , पुर्णिमा , शनिवारका दिन भेला भएर बुद्धपुजा, धर्म देशना कार्यक्रम संचालन हुने गरेको छ ।

 

अनुसन्धानकर्ता मोहनकुमार तामाङका अनुसार पहिले यो नःटोलका शाक्यहरुको संघ थियो भन्ने कथन छ । यो महालक्ष्मीनगरपालिकाको वडा नं ४मा साविक कि.नं ७४७ र हाल कि.नं. ६८ कायम गरिएको छ । यहाँ १३५ वर्ष अघि पनि देवलथियो भन्ने कुरालाई शिलालेखले पनि स्पष्ट गरेको छ ।

यहाँ अहिले दुइवटा देवलहरु जीर्ण अवस्थामा अस्तित्वमा छन् । एकातिरको देवललाई पिपलको रुखले पूर्ण रुपमा ढाकेर राखेको छ भने अर्कोको अघिल्लो भाग अहिलेसम्म छोपिएको छैन । विक्रम सम्बत १९९४ मा जिर्णोद्धार गरिएको भनि देवलको भित्तामा लेखिएको छ । एकातिर विक्रम सम्वत् छ भने अर्को तिर नेपाल सम्बत छ ।

इमाडोेलको मूल सडकमा रहेको अत्यन्तै बहुमल्य तथा ऐतिहासिक विहारको संरक्षण जेष्ठ नगारिकहरुबाट भइरहेको प्रचार भएपछि अहिले यसको संरक्षणको लागी आनन्दराम बज्राचार्यको संयोजकमा ३० सदस्यीय पाटलीपुर विहार सुधार समिति समेत गठन भइसकेको छ ।

पोखरी, पर्ती, सार्वजनिक जग्गा देवस्थल अतिक्रमण गरी संस्थागत र वैयत्तिक कार्यको लागि भोग चलन, घर निर्माण आदि गरी बसेको ठाउँ टुलुटुलु हेर्न नयाँ जनप्रनिधिहरुले सक्दैनन होला । सार्वजनिकजग्गामा भवन घर बनाई बसेका र बाटो बनाई भोग चलन गरीरहेकालाई अंशबण्डामा र बेचविखनमा रोक्का राख्ने नीति बनाउनतफै राज्उको ध्या जान आवश्यक छ । ०००

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);